१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सानिमा बैंकले घर बनाउन चाहने ग्राहकलाई निर्माण खर्चको शतप्रतिशतसम्म ऋण दिने

३ पुस, काठमाडौँ । आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले “सानिमा प्रथम घर कर्जा” को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्र्तगत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १००% सम्म बैंकले कर्जा उपलब्ध गराउने छ ।


“सानिमा प्रथम घर कर्जा” योजनाअन्तर्गत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ । साथै, ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न “सानिमा प्रथम घर कर्जा” अन्र्तगत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने बैंकले जनाएको छ ।

आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले “सानिमा प्रथम घर कर्जा” को आकर्षक फाइदाहरु तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन् । “सानिमा प्रथम घर कर्जा” देशभर रहेका सबै सानिमा बैंकका शाखाहरुबाट उपलब्ध हुनेछ । सानिमा बैंकको हाल ७९ वटा शाखाहरु, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहका छन् ।

प्रकाशित मिति : ३ पुष २०७६, बिहीबार १३:४८