१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध छः मन्त्री गुरुङ

२ पुस, काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध भएर लागेको बताउनुभएको छ । खुल्ला बजारको २८औँ स्थापना दिवस तथा काठमाडौँ निम्न व्यापारी सङ्घको २६औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले लामो समयदेखि नेपाली जनताको इच्छाहरु पूरा हुन नसकेको उल्लेख गर्दै अब सरकारको निर्देशन, नीति तथा कार्यक्रममार्फत समृद्धिको सपना पूरा गर्ने दावी गर्नुभयो ।

सो अवसरमा प्रदेश सांसद योगेन्द्र सङ्ग्रौलाले सरकारले जनताको सुख र दुःखको यात्राका साथ विश्वास दिलाउँदै भन्नुभयो, “मुकुललाई दुःख परेको बेला जुनसुकै अवस्थामा पनि सङ्घसंस्थाले सेवा गरेको छ । यसको मूल्य सरकारले बुझेको छ ।”

प्रकाशित मिति : 22:38