१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

नेकपा र राजपाबीच राष्ट्रियसभा चुनावमा तालमेल गर्ने, यस्ताे भयाे २ बुँदे सहमति

२ पुस, काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले तालमेल गर्ने भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको हो । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको उपप्रधान एवं रक्षामन्त्री इश्वर पाेखरेलले जानकारी जानकारी दिए ।

सहमतिका दुई बुँदामध्ये पहिलो बुँदामा आगामी माघ ९ गते हुने प्रदेश नम्बर २ को राष्ट्रियसभा निार्वचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने तथा महिला र दलित पुरुष समूहको दुई स्थानमा राष्ट्रिय जनता पार्टी नेपालले नेकपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

सहमतिको दोस्रो बुँदामा दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने उल्लेख छ ।

प्रकाशित मिति : 18:38