१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

राष्ट्रपति भण्डारीद्धारा विभिन्न मुलुकमा गैह्रआवासीय राजदूत नियुक्त

२ पुस, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसङ्घ र तीन मुलुकका आवासीय नेपाली राजदूत (स्थायी प्रतिनिधि) लाई विभिन्न मुलुकको गैह्रआवासीय राजदूतमा आज नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गरिएको हो ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई बु्रनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोेडिया, लाओस र भियतनाम, राष्ट्रसङ्घका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुङ्गानालाई क्युबाको गैह्रआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : 17:58