१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

बालिका बलात्कारको अभियोगमा चुडादेव तामाङ पक्राउ


१९ वैशाख,झापा । झपामा बालिकालाई बलात्कार गरेको अभियोगमा गौरादह नगरपालिकाबाट प्रहरीले ३८ वर्षीय चुडादेव तामाङ पक्राउ गरेको छ ।

गौरादह नगरपालिका–४ मा तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार सोही स्थानकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो ।

घटना विवरणअनुसार तामाङले आफ्नै घरको छतमा मंगलबार बालिकालाई बलात्कार गरेका हुन् । आज पीडितले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी बालिकाको स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रहरी नायव उपरीक्ष्क गिरीले बताए ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार २०:५१