कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित
२ पुस, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बुधबार दिउँसो १ बजे बैठकको समय निर्धारण गरिए पनि आन्तरिक विवाद समाधान नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हाे ।

शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका नेताहरुबीच सहमतिको प्रयासमा छलफल भएको थियो । दुवै पक्षले आ-आफ्नो समूहमा पनि आन्तरिक छलफल गरेका थिए ।
प्रकाशित मिति : 15:15







