१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

काभ्रेमा चिर्पटले हानेर सुराले गरे बुहारीको हत्या


१९ वैशाख, काभ्रे । काभ्रेको चौरी देउराली गाउँपालिका – ५ गनेटारमा एक महिलालाई आफ्नै ससुराले चिर्पटले हानेर आफ्नै बुहारीको हत्या गरेका छन् । स्थानीय ५१ वर्षीय पदमलाल चौलागाइले बुहारी १८ वर्षीया विपना ढकाल चौलागाईलाई चिर्पटले हिर्काउँदा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

 

गत सोमबार घरायसी झगडामा ससुरा पदमलालले आफ्नै बुहारीलाइ चिर्पटले हानी मृत्यु भएपछि नजिकैको जंगलमा पुरेर फरार भएको प्रहरीले जनाएको छ ।

बुधबार आफुन्तले दिएको सूचनाका आधारमा प्रहरीले ससुरा पदमलाललाई धुलिखेलस्थित हस्पिटल चोकबाट पक्राउ गरेको छ । शव लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले विपनाकी सासु जमुना चौलागाइ र नन्द सन्तोषी चौलागाइलाइ पनि पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार १७:१७