प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज शपथ लिँदै
१ पुस, काठमाडौँ । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण हुँदैछ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले भट्टराईलाई दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेकाे संसद सचिवालयले जनाएको छ । नेकपा उम्मेदवार भट्टराई १४ मंसिरको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

भट्टराईले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए । तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।
प्रकाशित मिति : 09:31









