१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय राजदूत पुरीले गरे बिदाइ भेट, अबको राजदूत को ?

१ पुस, काठमाडौं डिसेम्बर ३१ बाट कार्यकाल सकिन लागेका नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाइ भेट गरेका छन् । सन् २०१७ मार्च २५ मा नेपालका लागि राजदूत नियुक्त भएर आएका पुरीले आइतबार मन्त्रालयमै पुगेर मन्त्री ज्ञवालीसँग भेट गरेका हुन् ।

उसो त पुरीले आज बिदाइ भोजको आयोजनासमेत गर्दै छन् । नेपालबाट पुरीको बिदाइसँगै अबको राजदूत को बन्ने चासो बढेको छ । यद्यपि भारतबाट नयाँ राजदूतका रुपमा को आउने भन्ने अझै तय भइसकेको छैन ।

वर्तमान राजदूत पुरीको कार्यकाल विवादमा नपरे पनि पछिल्लो समय उठेको सीमा विवादका विषयमा भने मौन थिए ।

स्रोतका अनुसार हाल सिंगापुरका लागि भारतका हाइकमिसनर जाभेद अश्रफ राजदूतका रुपमा आउन सक्ने चर्चा छ । यस्तै गोपाल बागले र अखिलेश मिश्र पनि नेपालमा राजदूत भएर आउन सक्ने सम्भावना छ ।

उसो त भारतका विदेश सचिव विजयकेशव गोखलेको पनि आउँदो जनवरीबाटै कार्यकाल सकिँदै छ ।

प्रकाशित मिति : 08:28