१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

धादिङको महादेववेसीमा चार वटा सवारीसाधन ठोक्किदा ट्रक र मोटरसाइलमा आगलागी


१९ वैशाख, धादिङ । धादिङको महादेववेसीमा चार वटा सवारीसाधन ठोक्किँदा मालवहाक ट्रक र मोटरसाइलकमा आगलागी भएको छ ।
आज बिहान पृथ्वी लोकमार्ग अन्तरगत मलेखुबाट काठमाडौं जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकलाई बा ७५ प ६०५१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको होे ।

ट्रक विपरित दिशाबाट आइरहेको नेपाली सेनाको गाडीमा ठोक्किएको थियो । सेनाको गाडी पछाडि रहेको बा ३६ प ७२३९ नम्बरको अर्को मोटरसाइकल अनियन्त्रित भएर ट्रकमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

दुर्घटना लगत्तै ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।

घटनामा दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक अन्दाजी २९ वर्षीय रेखबहादुर बस्नेत र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय प्रेमबहादुर भुजेल रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार १४:४३