३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

चितवनमा डबली द स्पेस बुक क्याफे सञ्चालनमा

१९ वैशाख, चितवन । सार्वजनिक विषयमा छलफल बढाउने र पठन संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा ल्यायको छ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर विमानस्थल नजिकै पत्रकार इन्द्रध्वज क्षेत्री र डाक्टर जीवन क्षेत्रीले उक्त क्याफे सञ्चालनमा ल्यायको हो ।

साहित्य, संस्कृति, संगीत, कला, समसामयिक राजनीति लगायतका विषयमा छलफल चलाउने, नेपाली र विदेशी लेखकका पुस्तक उपलब्ध गराउने र पठन र बहस संस्कृतिको विकास गर्ने लक्ष्यका साथ डबली बुक क्याफे शुरु गरिएको क्याफेकी व्यवस्थापक शारदा क्षेत्रीले बताइन ।
डबली बुक क्याफेमा कफी, फास्ट फुड, पढ्नका लागि वातावरण अनुकूलित कक्ष र विभिन्न कार्यक्रम गर्नका लागि मञ्च र हल पनि उपलब्ध गराइने उनले बताइन् ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार १४:१७