२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

सुकुम्वासी भूमिहिनलाई जमीनको मालिक बनाउनुपर्छ : मन्त्री अर्याल

२९ मंसिर, सर्लाही । सुकुम्वासी भूमिहिनलाई जमीनको मालिक बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताउनुभएको छ । बरहथवा नगरपालिकामा आज आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले मुलुकमा कुनै पनि नागरिक अब भूमिहिन नरहने बताउनुभयो । त्यसको लागि कानून बनाउन लागेको उहाँले जानकारी गराउनुभयो ।

“लामो समयदेखि देखिँदै आएको भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले कडा कानून बनाउन लागेको छ”, “अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँछौँ, भूमि व्यवस्थापन गरी उत्पादन बढाउछौँ, अब जनताले भूमिसम्बन्धी समस्या बोकेर लामो समय भौतारिनु पर्दैन ।”, मन्त्री अर्यालले भन्नुभयो ।

अनाधिकृत रुपमा दर्ता भएका तथा भू–माफियाले कब्जा गरेका सरकारी र सार्वजनिक जग्गाको बदर गर्ने अभियानको शुरुआत देशैभरी भएको मन्त्री अर्यालले बताउनुभयो । बरहथवा नगरपालिकामा पर्ने हजरिया बारह बिघा क्षेत्रमा विभिन्न व्यक्तिहरुले गैरकानुनी किसिमले दर्ता गराएको १८ बिघा १५ कठ्ठा १३ घुर सरकारी जग्गा फिर्ता तथा दोहोरो श्रेस्ता रहेको १३ कठ्ठा जग्गाको दोहोरो श्रेस्ता खारेजीको घोषणा गर्दै अब यस्ता जग्गाको खोजीमा देशैभरी कडाई गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : December 15, 2019 at 10:17 pm