१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

नेकपा सचिवालय बैठक सकियो, स्थायी समिति बैठकका ५ एजेण्डा तय

२९ मंसिर, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक सकिएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समिति बैठकका लागि ५ वटा एजेण्डा तय गरेको छ। बैठकमा प्रधानमन्त्री केपी ओली पनि केहीबेर सहभागी हुनुभएकाे थियाे ।

 

प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी समिति बैठकको कार्यसूची तय गरेको बताउनुभयाे । अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओली सहितको परामर्शका आधारमा तय गरेको राजनीतिक प्रतिवेदन पहिलो कार्यसूचीका रुपमा स्थायी समिति बैठकमा पेश हुनेछ।

त्यसपछि विधान संसोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटीको बैठकको मिति निर्धारण र विविध विषयमा केन्द्रीत रहने गरी स्थायी समिति बैठकको एजेण्डा तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे

सचिवालय बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा पनि जानकारी गराउनुभएकाे थियाे । प्रधानमन्त्री ओलीले बैठकमा आफनो स्वास्थ्य तिब्र सुधार भइरहेको जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए। स्थायी समिति बैठक आइतबार दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।

प्रकाशित मिति : 12:15