धनुषा विस्फोट : प्रहरी भन्छ, ‘विप्लव समूहको संलग्नता !’
२९ मंसिर, धनुषा । धनुषाको महेन्द्रनगरमा भएको विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता देखिएको छ । प्रहरीले पनि यो घटनामा विप्लव समूहको संलग्नता देखिएको दाबी गरेको छ ।
तीन जनाको ज्यान जानेगरी महेन्द्रनगरमा शुक्रबार राति कुकर बम विस्फोट भएको थियो । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको धनुषाका डीएसपी रामेश्वर कार्की बताउँछन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा भएको विस्फोटमा बाबु-छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो ।
स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । विस्फोटमा घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको हो ।
विस्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् ।

प्रकाशित मिति : 07:15







