४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु

१९ वैशाख,राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको सुपौल कर्जाइन निवासी ४५ वर्षीय झबर मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सो म्याजिक भ्यानबाट खसेर गम्भीर घाइते भएका मरिकको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यता म्याजिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार ०९:१६