१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

एनआईसी एशिया लघुवित्तले आइपीओ निष्काशन गर्ने

२४ मंसिर, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने निर्णय गरेको छ ।


साथै मिति २०७६/०८/२३ गते बसेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ३९औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

अध्यक्ष ढकालसँग आइसीआइसीआई बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी डिलइटमा कार्य गरेको र हाम्रो विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव पनि रहेको छ । ढकालले आजै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १७:३४