२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

एनआईसी एशिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टहरुमा विशेष छुट

२३ मंसिर, काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेड र द्वारिकाज होटल प्रा.लि. बत्तिसपुतली, काठमाडौँबीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १०% सम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङज्यूले सम्झौतापत्र आदानप्रदान गर्नुभयो । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ४०१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १९ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : December 9, 2019 at 4:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/