९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

कार्यकारी भूमिकापछि प्रचण्ड झन् सक्रिय

२२ मंसिर, काठमाडौं पार्टी एकीकरण भएको १९ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकीकृत रूपमा देशव्यापी अभियान थाल्ने तयारी गरेको छ । एक वर्षअघि बसेको स्थायी समिति बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरे पनि आन्तरिक विवादका कारण उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको थिएन ।

एकता भएसँगै शीर्ष नेताहरूले देशव्यापीरूपमा अभियान सञ्चालन गर्ने दर्जनौंपटक घोषणा गरे पनि कार्यान्वयनमा अहिलेसम्म आउन नसकेकाले पार्टी नेताहरूले अध्यक्ष प्रचण्डलाई तत्काल देशव्यापीरूपमा अभियान घोषणा गर्न दबाब दिन थालेको खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

फाइल तस्बिर ।

कार्यकारी अध्यक्षको भूमिका पाएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सचिवालय बैठक बोलाएका थिए । अब स्थायी र केन्द्रीय समितिको बैठक बोलाई सोही बैठकबाट निर्णय गराएर देशव्यापी अभियान थाल्ने गृहकार्य भइरहेको अध्यक्ष प्रचण्डनिकट एक नेताले बताए ।

प्रकाशित मिति : December 8, 2019 at 7:49 am