६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

ज्येष्ठ नागरिकका अधिकार समेटेर विधेयक ल्याउँछाैँः उपसभामुख तुम्बाहाम्फे

२० मंसिर, सुरुङ्गा । उपसभामुख डा शिवकुमारी तुम्बाहाम्फेले सरकारले ज्येष्ठ नागरिकको अधिकारलाई समेटेर विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । झापाको बुद्धशान्ति गाउँपालिकामा आज ज्येष्ठ नागरिकस्तम्भको अनावरण गर्दै उहाँले ज्येष्ठ नागरिकको हक संविधान, ऐननियममा भए पनि तिनलाई खुशी दिने पहिलो ठाउँ घर भएको बताउनुभयो ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भेटघाट चौतारी बुद्धशान्ति–१ को ब्रम्हाण्ड महापुराणको उद्घाटनको अवसर पारेर सो स्तम्भ अनावरण गरिएको थियो । गाउँपालिकामा ज्येष्ठ नागरिकलाई वृद्धाश्रम होइन रमाउने ठाउँ दिनुपर्छ भन्ने उद्देश्यले २०७० सालदेखि नियमित रुपमा करीब दुई सय ज्येष्ठ नागरिकलाई साप्ताहिक रुपमा प्रत्येक शनिबार भेला गरेर दुःखसुख साटासाट गरी रमाउने ठाउँ निर्माण गरिएको छ ।

त्यहाँ ज्येष्ठ नागरिकका लागि करीब रु २१ लाखको लागतमा सामुदायिक भवनसमेत निर्माण गरिएको छ । कार्यक्रममा शङ्कराचार्य सामवेद गुरुकुल साधुटारका संस्थापक पं केदारनाथ खतिवडा, सङ्घीय सांसद पवित्रा निरौला, ज्येष्ठ नागरिक सङ्घ झापाका उपाध्यक्ष हरि ओलीलगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : December 6, 2019 at 8:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/