९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

प्रेस सङ्गठन लमजुङको एकता टुङ्गियो

१९ मंसिर, लमजुङ । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया टुङ्गिएको छ । आज बेँसीशहरमा बसेको दुवै सङ्गठनका जिल्ला कमिटस् संयुक्त बैठकले एकता प्रक्रिया टुङ्गाएको हो । प्रेस सङ्गठन नेपाल जिल्ला शाखा लमजुङको संयोजकमा तत्कालीन सेन्टरका अध्यक्ष रुद्रहरि ढुङ्गाना चयन हुनुभएको छ । त्यस्तै सहसंयोकमा प्रेस चौतारीका अध्यक्ष दलबहादुर (डिबी) मजाकोटी चयन हुनुभएको छ ।

त्यस्तै सङ्गठनका सदस्यमा कृष्णबहादुर आले, अनुज अधिकारी, बेलिना थापा, श्रीकला भण्डारी, सीताराम बसेल, सरोज विक, जनक श्रेष्ठ, विमला अधिकारी, वासुदेव सेढाईं, सविन कार्की, अनिशा श्रेष्ठ, राजन परियार, कृर्ती बानियाँ, प्रतिसा सिन्च्यौरी, अजित थापा, आश गुरुङ, शिला सिन्च्यौरी, रेशम अधिकारी सुरेन्द्र परियार चयन भएका छन् । प्रेस सङ्गठन लमजुङ जिल्ला कमिटीमा २१ जना सदस्यीय रहने गरी सिफारिस गरिएको छ ।

प्रेस सङ्गठन नेपालको केन्द्रीय कमिटीले जिल्लागत रुपमा बनाएको मापदण्ड जिल्लाको कमिटीको एकीकरण टुङ्गिएको नवनिर्वाचित प्रेस सङ्गठन जिल्ला संयोजक अधिकारीले बताउनुभयो । केन्द्रीय कमिटीको निर्णयअनुसार सिफारिस भएको जिल्ला कमिटीलाई अनुमोदनका लागि केन्द्र र प्रदेश कमिटीमा पठाइने उहाँको भनाइ छ ।

प्रकाशित मिति : December 5, 2019 at 9:03 pm