प्रचण्डले कार्यकारी जिम्मेवारी पाएपछि पहिलोपटक सचिवालय बैठक बस्दै
१८ मंसिर, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । पार्टी अध्यक्षले कार्यकारी अध्यक्षको ‘अख्तियारी’ पाएपछि पहिलो पटक नेकपा सचिवालयको बैठक बस्न लागेको हो । पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको छ ।
सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा गर्ने कार्यसूची छ । पार्टीका पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिरामी रहेकाले उनी उपस्थित हुने छैनन् ।
बैठकमा उनलाई स्वास्थ्य लाभको कामना गर्ने र अरू समसामयिक राजनीति अवस्था र पार्टी कामको व्यवस्थापनका सन्दर्भमा पनि निर्णय हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : 08:24







