पार्टीमा उपनिर्वाचनको विषयमा गम्भिर रुपमा समीक्षा हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
१७ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले धरान र भक्तपुरको उपनिर्वाचनकाे परीणाम अकल्पनीय भएको बताउनुभएकाे छ । पूर्वप्रधानमन्त्री खनालले उपनिर्वाचनकाे उक्त परिणाबाट आफूलाई दुःख लागेको बताउनुभएकाे छ । मंगलबार आफ्नो निर्वाचन क्षेत्र नम्बर १ इलाम पुग्नुभएका पूर्वप्रधानमन्त्री खनालले कार्यकर्ताहरुसँग बोल्दै भर्खर सम्पन्न उपनिर्वाचनले अब पार्टी सरकार कसरी अगाडि बढ्नुपर्छ र अबको सरकार र पार्टीको कार्यदिशा कस्तो हुनुपर्छ भन्ने कुरा पार्टीमा गम्भिर रुपले छलफल गरिने बताउनुभयाे ।

पूर्वप्रधानमन्त्री खनाल सुर्योदय नगरपालिकामा बुधबार आयोजना हुने प्रथम सुर्योदय महोत्सवको प्रमुख अतिथीको रुपमा सहभागी हुन इलाम पुग्नुभएकाे हाे । महोत्सवकाे समाप्तीपछि पूर्वप्रधानमन्त्री खनालले बिहिबार मेची आयुर्वेदिक औषधालय आइतबारे (अस्पताल)को सेवा विस्तारको विधिवत् उद्घाटन गर्ने कार्यक्रम समेत रहेकाे छ ।

प्रकाशित मिति : 21:28









