२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

एनआईसी एसिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता

१६ मंसिर, काठमाडाैँ । एनआईसी एसिया बैंक लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एनआईसी एसिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम युनाइटेड इन्स्योरेन्सका ग्राहकले एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यूआर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे । सम्झौतासँगै ग्राहकले छिटोछरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्नेछन् भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करीब १९ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : December 2, 2019 at 6:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/