१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

फाष्ट ट्रयाक प्रदेश सरकारले आफै बनाउछः मुख्यमन्त्री भट्ट

१५ मंसिर, डाेटी । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक प्रदेश सरकार आफैले बनाउने बताउनुभएको छ । जोरायल गाउँपालीका वडा नं ५ गडसेरामा रहेको महेन्द्र आधारभूत विद्यालयको ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्न गड्सेरा पुग्नुभएका मुख्यमन्त्री भट्टले रासससँग कुराकानी गर्दै खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक प्रदेशको गौरवको आयोजनाका रुपमा सम्पन्न गर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले केही विकास विरोधीले फाष्ट ट्रयाकलाई रोक्न खोजेपनि प्रदेश सरकारले पाँच वर्षभित्रमा खुटिया–बिपीनगर– दिपायल फाष्ट ट्रयाकमा गाडी गुडाएरै छाड्ने दाबी गर्नुभयो । मुख्यमन्त्री भट्टले भन्नुभयो, “पाँच वर्षमा प्रदेश सरकारले कालोपत्रेसमेत गर्ने छ, हामी उक्त सडक बनाएरै छोड्छौँ ।”

कम्तिमा पनि दशवर्षदेखि निर्माण कार्य शुरु भएको धनगढीदेखि स्याउले तथा डोटीको बिपीनगर, गड्सेरा हुँदै दिपायल पुग्ने द्रुतमार्गको लम्बाइ (स्याउले बजारदेखि दिपायलसम्म) ८२ किलोमिटर छ । मुख्यमन्त्री भट्टले सङ्घीयता नचाहने तत्वहरुले सङ्घीयताको विरोध गरिरहेकोसमेत बताउनुभयो । त्यस्तै मुख्यमन्त्री भट्टले लिपुलेक जुनसुक्कै हालतमा पनि फिर्ता लिने दाबी गर्नुभयो । “लिपुलेक नेपालकै हो, हामी हामी फिर्ता लिएरै छोड्छौँ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : December 1, 2019 at 8:00 pm