१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

दाङमा नेकपाकी विमला ओलीकाे जीत निश्चित, ३ हजारले बढ्याे मतान्तर

१५ मंसिर, दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओलीले अग्रता कायमै राखेकी छन् ।

दाङको पछिल्लो ताजा स्थितिमा नेकपाले ११ हजार ६ सय ८२ मत ल्याएको छ भने भने कांग्रेसका केशव आचार्यले ८ हजार ७ सय ५ मत ल्याएका छन् । नेकपाले मतान्तर बढाउँदै लगिरहेको छ । आइतवार बिहानबाट मतगणना शुरू भएको थियो । तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परी निधन भएपछि दाङ क्षेत्र नं. ३ (ख)मा उपनिर्वाचन भएको हो । नेकपा उम्मेदवार बिमला ओली स्वर्गीय उत्तरकुमारकी श्रीमती हुन् ।

प्रकाशित मिति : 19:25