दोब्बर मतसहित कास्कीमा विद्याको अग्रता कायमै
१५ मंसिर, कास्की । कास्की क्षेत्र नम्बर दुईमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले दोब्बर मतले अग्रता कायम गरेकी छन् । उनका निकटतम प्रतिद्वन्दी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका खेमराज पौडेल मतान्तर घटाएका छैनन् ।

मतगणनाको पछिल्लो स्थितिअनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले १५ हजार ५ सय ८ मत ल्याएकी छन् भने प्रमुख प्रतिपक्षी कांग्रेसका खेमराज पौडेलले ७ हजार ८ सय ७ मत ल्याएका छन् । पोखरा लेखनाथ नगरपालिकाको १७ वडामा मात्र भट्टराईले १३ सय ६८ मतले अग्रता लिएकी थिइन् ।
प्रकाशित मिति : 14:25









