१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

कास्कीमा विद्या ५ हजार ९६० मतले अगाडि

१४ मंसिर, पाेखरा । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले भारी मतान्तरका साथ अग्रता कायम गरेकी छन् । जारी मतगणनामा उनले ११ हजार ८ सय ४६ मत प्राप्त गरेकी छन् ।

हालसम्म कूल १९ हजार १० मत गन्दा विद्याले ११ हजार ८४६ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८८६ मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ५ हजार ९६० रहेको छ।  कास्की २ मा ४५ हजार ५६३ मत खसेको छ।

प्रकाशित मिति : 12:09