कोहलपुर ६ मा नेकपाका रामशरण विजयी
१५ मंसिर, नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका ६ को वडाध्यक्षमा नेकपाका उम्मेदवार रामशरण थारू विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण थारूलाई पराजित गरेका हुन् ।
रामशरणले ८ सय र श्रीकृष्णले ७ सय ३७ मत ल्याए । यसैगरी राप्रपाका श्रीधर सुवेदीले ६१, समाजवादी पार्टीका शुभाखर पोखरेलले १० र नेपाल मजदुर किसान पार्टीका दीपालक्ष्मी हमालले १३ प्राप्त गरिन् ।
जम्मा २ हजार २६ मतदाता रहेको यो वडामा १ हजार २६ मत खसेको थियो । १४ मत बदर भएको थियो । यसअघि यहाँ कांग्रेसका रामशोहन थारू विजयी भएका थिए ।

प्रकाशित मिति : 07:59







