१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

यस साता नेप्सेमा ग्लोबल आइएमई लघुवित्तसहित पाँच कम्पनीका शेयर सूचीकृत

१४ मंसिर, काठमाडाैँ । नेप्सेमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेको इन्सुरेन्सका १४ लाख ११ हजार ५३४ कित्ता शेयर लाभांश, नेपाल इन्सुरेन्स कम्पनीका सात लाख ६४ हजार ३२७ कित्ता शेयर लाभांश, प्राइम लाइफ इन्सुरेन्सका २२ लाख ३१ हजार ४३ कित्ता शेयर लाभांश, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका एक करोड दुई हजार ३८८ कित्ता शेयर सूचीकृत भए ।

त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका ११ लाख चार हजार ५७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

प्रकाशित मिति : November 30, 2019 at 4:13 pm