आच्छु ! काठमाडौं उपत्यकाको तापक्रम घट्दै
१३ मंसिर, काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम मापन भएको छ । शुक्रबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ । बिहीबार न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । बुधबार ८ दशमलव ७ डिग्री सेल्सियस थियो ।

दिनहुँ तापक्रम घट्दै जाँदा चिसो महसुस भएको छ । देशको पश्चिमी भेकको मौसममा केही दिनदेखि असर पारिरहेको पश्चिमी वायुको प्रभाव शुक्रबार बेलुकीदेखि कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । दिउँसोपख पश्चिम पहाडका एक-दुई स्थानमा हल्का पानी पर्ने सम्भावना छ भने पश्चिमी भेगका उच्च पहाडी र हिमाली भेकमा हिमपातको सम्भावना छ ।
प्रकाशित मिति : November 29, 2019 at 8:21 am









