१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

१३ मंसिर, हुम्ला उत्तरी हुम्लामा बिहीबार बेलुकाबाट हिमपात सुरु भएको छ । बिहानैबाट बाक्लो बादल लागेर चिसो अत्यधिक बढेको भए पनि बेलुकाबाट बाक्लो हिमपात सुरु भएको हो ।

यसअघि पहिलोपटक हिमपात हुँदा पानी पर्ने गरे पनि यसपटक भने सीधै हिउँ पर्न थालेको स्थानीयको भनाइ छ ।

सिमकोटमा यसपालिको यो पहिलो हिमपात हो । यसअघि अग्ला डाँडासम्म हिउँ जम्न सुरु भएको थियो । हिमपातपछि तापक्रम माइनस ५ डिग्री पुगेको छ । चिसो पनि बढेको छ ।

हिमपात सिमकोट गाउँपालिकाको रलिङ, पञ्चमुखी, चाङ्ला हिमालमा बढी भएको छ । यता नाम्खा गाउँपालिकाका सबै क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै बाली सप्रने स्थानीय किसान बताउँछन् ।

प्रकाशित मिति : November 29, 2019 at 7:02 am