९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

महिला हिंसा अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउनुपर्छः मन्त्री गुरुङ

१२ मंसिर, चरिकाेट । नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने बताउनुभएको छ । उहाँको सम्मानमा बुधबार गृह जिल्ला दोलखामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने बताउनुभयो ।

उहाँले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने पनि बताउनुभयो । मन्त्री गुरुङलाई नेकपा जिल्ला पार्टी कार्यालय, भीमेश्वर नगरपालिका, जिल्ला समन्वय समिति, सातदोबाटो चरिघ्याङ टोल सुधार समितिलगायत विभिन्न सङ्घसंस्थाले स्वागत तथा सम्मान गरेका थिए । यसैगरी मन्त्री गुरुङले समृद्ध राष्ट्र निर्माणका लागि आफ्नो पदीय दायित्वलाई इमान्दारीपूर्वक निर्वाह गर्न जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन पनि दिनुभयो ।

प्रकाशित मिति : November 28, 2019 at 10:52 am