प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
८ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल जानुभएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि केही समयअघि अस्पताल जानुभएको हाे । उहाँ स्वास्थ्य परीक्षणपछि आजै निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसअघि गत कात्तिक १४ गते सोही अस्पतालमा प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचार गराउनुभएको थियो ।
प्रकाशित मिति : 19:15









