उपचुनावमा कार्यकर्ता परिचालन गर्न छाडेर अध्यक्ष थापा अमेरिकातिर
८ मंसिर, कैलाली । गाउँ र जिल्ला तहको कार्यकर्ता चुनावमा होमिएन भने कम्यूनिष्ट पार्टीमा के होला ? पक्कै पनि कारवाही वा स्पष्टीकरणको विषय बन्न पनि सक्छ । तर उपचुनावको वेला नेता र कार्यकर्ता परिचालन गर्नुपर्ने एक जिम्मेवार नेता भने अमेरिकाको भ्रमणमा निस्किएका छन । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सात वटा वडामा उपचुनाव हुँदैछ तर प्रदेशको नेतृत्व गर्ने नेकपाका नेता अमेरिका छन भन्दा अच्चम लाग्छ होला। चुनाव नजिकिदै जाँदा अमेरिका हानिने नेता नेकपाका प्रदेश अध्यक्ष कर्ण थापा हुन ।
प्रधानमन्त्री ओलीका नाममा उठ्तीपूर्ति र डनगिरी गर्न खोजेको भनेर नेकपाभित्रबाटै चर्को अालोचना भैरहेका थापा कान्छि श्रीमति कमला ओलीसँगै अघिल्लो साता अमेरिका हिँडेका हुन । आफू भन्दा माथिल्लो र तल्लो तहका कुनै पनि नेतालाई जानकारी नदिएर अमेरिका लागेपछि उनको भ्रमणको विषय बाहिरिएको छ ।
थापा पत्नि ओली अमेरिकी नागरिक भएकोले थापा दम्पती पटकपटक अमेरिका जाने गरेको चर्चा बाजुराका पूर्व एमालेहरुले गर्ने गरेका छन । थापाले आफ्ना छोरालाई नगरकमिटीको अध्यक्ष भान्जालाई जिल्ला सचिवालय सदस्य बनाएका छन । तिनै भान्जा गत स्थानीय चुनावमा मेयरमा पराजित भएका थिए । उनै थापाले नातेदार भरत थापालाई जिल्ला अस्पतालको अध्यक्ष समेत बनाएको भन्दे पार्टी भित्रै अालोचना हुने गरेको छ ।

थापाकै जिल्ला बाजुराको त्रिवेणी नगरपालिका ‐१ मा पनि उपचुनाव छ तर चुनावमा कसरी होमिने प्रदेशभरी कुनै योजना छैन । यद्यपी पाँचै जिल्लाका नेता कार्यकर्ताहरु आफ्ना उम्मेदवारलाई जिताउन रातदिन भनेर लागेका छन । गत स्थानीय निर्वाचनमा उनकै लापरवाही र गलत उम्मेदवार उठाउदा बाजुराका नौ मध्ये चारै नगरपालिका सहित छ पालिकामा तत्कालिन एमालले हार भोग्नु परेको थियो । प्रदेशको चुनाव हार्ने डरले समानूपातिक उम्मेदवार वनेका थापा आठै सिट महिलालाई दिनु पर्ने वाध्यताले गर्दा प्रदेश सभा सदस्य छानिएका थिएनन् ।
मन्त्री हुँदा न्यायधिससँग झगडा गरेर चर्चामा आएका थापा उठतीपुर्ति धेरै गर्न थालेपछि तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले उनलाई उद्योगमन्त्रीबाट बर्खास्त गरेका थिए । उनी दुई विवाह गरेको कारण पार्टी सदस्यताबाट समेत निलम्वित भएका थिए । आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने थापाले द्धन्द्धकालमा कैयौ स्थानीय नेतालाई राजाको समर्थन गर्न लगाएको अारोप अहिले पनि नेकपाका नेता कार्यकर्ताले लगाउने गरेका छन । उप चुनाव छाडेर अमेरीका भ्रमणमा निस्केका थापाले अमेरिकाका बिभिन्न शहरमा पुगेका तस्वीरहरू फेसबुक मार्फत सार्वजनिक गरिरहेका छन् ।
प्रकाशित मिति : November 24, 2019 at 8:15 am









