१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

कास्की २ उपचुनाव : नेकपा-कांग्रेसबीच प्रतिष्ठाको लडाइँ

८ मंसिर, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुन लागेको उपचुनाव सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसका लागि दलीय प्रतिष्ठाको विषय बनेको छ । दुवै दलका शीर्ष नेताले यहाँको चुनावलाई मिनी जनमतसंग्रहको उपमा दिइसकेका छन् ।

तीन-तीनपटक हारेको निर्वाचन क्षेत्रमा जितेर दुईतिहाइको नेकपा सरकारलाई सबक सिकाउने योजनामा छ प्रतिपक्षी कांग्रेस । २०४८ पछिका ६ चुनावमध्ये २ पटकमात्रै झिनो अन्तरले पराजय भोगे पनि २०६४ पछि ३ चुनाव जितेर ह्याट्रिक गरेको सत्तारूढ नेकपा त्यही विरासत जोगाउने ध्याउन्नमा रहेको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।

नेकपा सरकार लोकप्रिय रहेको ठहर्‍याउन यो चुनाव जित्नैपर्ने बाध्यतामा छ भने कांग्रेस सरकार अलोकप्रिय बनेको उदाहरण दिन चुनाव आफूले जित्नुपर्ने दबाबमा छ । स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष र प्रदेश सभा सदस्यसमेत गरी देशभर ५० ठाउँमा उपचुनाव हुँदै छ । धेरैको चासो भने कास्की २ मा छ । किनकि प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा मात्र उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : 07:17