गोकर्ण विष्टबारे बस्नेत भन्छन ‘सफल भएर गयौ, या असफल भएर गयौ, जनताको मनमनमा बसेर गयौ’
७ मंसिर, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारीबाट बाहिरिएका नेकपाका स्थायी समिति सदस्य गोकर्ण विष्टको बारेमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन । पदमा हुँदा इमान्दारिता पूर्वक काम गरेको भन्दै धेरैले प्रशंशा गरेका छन । धेरैले विष्टको बहिर्गमनको सन्दर्भममा प्रधानमन्त्री केपी शर्मा अोलीमाथि नै कारण माग्दै प्रश्न गरेका छन । जेहोस विष्टले पदमा रहँदासम्म जनप्रिय र जनपक्षियकाम गरेको र सोही अनुसारको अडान लिएको सामाजिक सञ्जालमा प्रकट भएका विचार हेर्दा स्पष्ट हुन्छ ।

यहीक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, प्रभावशाली युवा नेता एवं सांसद महेश बस्नेतले विष्ट जनताको मनमा बस्न सफल भएको बताएका छन । उनले सामाजिक सञ्जालमा मन्त्रीबाट बाहिरिएका विष्ट ट्याक्सी चढेर घर फर्किएको समाचार सेयर गर्दै पूर्वमन्त्री समेत रहेका बस्नेतले गिती शैलीमा जनताको मनमा बस्न सफल भएको उल्लेख गरेका छन । उनले लेखेका छन ‘सफल भएर गयौ, या असफल भएर गयौ, जनताको मनमनमा बसेर गयौ…’

प्रकाशित मिति : 17:04









