मन्त्रिपरिषदबारे प्रदीप नेपालको प्रतिक्रिया ‘सरकारमा दलाल पूँजीपति वर्गको निर्णायक पकड’
५ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का नेता, पूर्वमन्त्री एवं चर्चित राजनीतिज्ञ प्रदीप नेपालले मन्त्रिपरिषद् पुनर्गठनको सम्बन्धमा असन्तुष्ट जनाएका छन । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाइ सरकारबाट हटाएको सम्बन्धमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै असन्तुष्टि व्यक्त गरेका छन । नेता नेपालले बिहीवार साँझ सामाजिक सञ्जाल फेसबुकमा सरकारमा दलाल पूँजीपति वर्गको निर्णायक पकड देखिएको बताएका छन ।

नेपालले लेखेका छन ‘गोकर्ण बिष्टको बहिर्गमनले नेपालको सरकारभित्र दलाल पूँजीपति वर्गको निर्णायक पकड़ छ भन्ने सत्यलाई नाङ्गो पारेर देखाइदिएको छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबारमात्र श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्रीमा नेकपाकै नेता रामेश्वरराय यादवलाइ नियुक्त गरिएको छ । विष्ट भने बिहीबार नै सबै बुझबुझारथ गरी सिंहदरबार गेटबाट ट्याक्सी चढेर निवास फर्किएका छन ।

प्रकाशित मिति : 06:10









