मन्त्रिमण्डल पुनर्गठनमा असन्तुष्टि जनाउने प्रभु साहलाई विष्णु रिजालले सम्झाए तिवारी हत्याकाण्ड
५ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा मन्त्रीका आंकाक्षीहरू मन्त्रिमण्डलको पुनर्गठनपछि केही असन्तुष्ट देखिएका छन । मन्त्रीको आकांक्षी भएर पनि हुन नपाएपछि नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले दिएको अभिव्यक्तिलाइ लिएर नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालले काशी तिवारी हत्याकाण्ड सम्झाएका छन । उनले भनेका छन ‘अँ, साच्चै काशी तिवारी हत्याकाण्डको फ़ाइल पनि खुल्न लागेको हो र ? सभामुखमाथि त निर्मम रूपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है ।’

उनले साहको अभिव्यक्ति पार्टी अनुशासन बाहिरिको भएको बताएका छन । उनले लेखेका छन ‘पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ । मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो । तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ । कसैले उहॉसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ ? पार्टीको अनुशासन आयोग भर्खरै बनेको छ । यस्ता अराजक र अनुशासनहीन अभिव्यक्तिप्रति ध्यान जान जरूरी छ ।’

प्रकाशित मिति : 12:49









