१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

राष्ट्रपति भण्डारीलाई भेट्न ओली–प्रचण्ड शीतलनिवासमा

४ मंसिर, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले भेटवार्ता गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै केहिबेरअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीलाई शीतल निवासमा भेटेका हुन् ।

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्तापछि दुई नेता शीतलनिवास गएका थिए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेरबारे ब्रिफिङ गरेका थिए । उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : 11:33