मन्त्रिपरिषद् पुनर्गठन भोलि, सबै कार्यक्रम क्यान्सिल गर्न मन्त्रीहरूलाई प्रम ओलीको निर्देशन
३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी दिए । उनले जोसुकै पनि मन्त्रीबाट हट्न सक्ने भन्दै ओलीले सबै मन्त्रीलाइ सार्वजनिक कार्यक्रम क्यान्सिल गर्न निर्देशन दिए । मन्त्रिपरिषद्को पुनर्गठन गराउने विचौलिया र भारतवादीहरूको १७ महिनाको हल्लापछि प्रधानमन्त्रीले यस्तो निर्णय लिएका हुन । उनले ५ देखि १० जना मन्त्री हटाउने तयारी गरेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन अघि नेकपाको सचिवालय बैठक पनि बोलाएका छन । बिहान ९ बजे प्रधानमन्त्री निवासमा बोलाएको बैठकमा प्रधानमन्त्री अोलीले हटाउने र नियुक्त गर्ने मन्त्रीहरूको सूची दिने सम्भावना रहेको छ । सोही बैठकमा कार्यकारी अध्यक्षको लागि रन्थनिएका अर्का अध्यक्ष प्रचण्डको विषयमा समेत केही महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । सात सदस्यीय नेकपाको सचिवालय भोलिका लागि सात सदस्यीयमात्र हुने भएको छ । एक जना सदस्य एवं उपप्रधानन्त्री इश्वर पोखरेल दुबइ र अर्का सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमणमा रहेका छन ।

प्रकाशित मिति : 20:31









