१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

उत्तराखण्डका मुख्यमन्त्रीले भनेः कालापानी भारतको हो, भारतले सेना फिर्ता गर्दैन

३ मंसिर, काठमाडाैँ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले कालापानी भारतको भुमि भएकाे दावी गरेक छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आयोजित एक कार्यक्रममा कालापानीबाट भारतीय सैनिक फिर्ता लैजान आग्रह गरेपछि सीमा विवादले भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाएको थियो।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले प्रधानमन्त्री ओलीको उक्त आग्रहको जवाफमा भारतीय पत्रिका अमर उजालासँग कुरा गर्दै कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गर्दै त्यो सधैँ भारतमै रहने तर्क गरेका छन् । उनले नेपालमा भइरहेको विरोध प्रदर्शनलाई चिन्ताजनक भएको बताएका छन्। उनले नेपाल यसरी विरोध गर्ने नेपालीको कार्यसंस्कृति नभएको बताए। नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ताबाट समस्याको हल खोजिन मुख्यमन्त्री रावतको भनाइ छ।

भारतले कालापानी–लिपुलेकलाई आफ्नो भूभागमा समेट्दै एकतर्फी रुपमा नक्शा सार्वजनिक गरेपछि नेपालमा विरोध सुरु भएको थियो । पछिल्लो पटक प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट कालापानी नेपाली भूमि भएकाले त्यसबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : November 19, 2019 at 4:11 pm