१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

उपनिर्वाचन २०७६ : पोखरा– ९ मा मतदाता भेट्दै पौडेल

३ मंसिर,पोखरा। कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आज पोखरा महानगरपालिका–९ का मतदातालाई भेट्नुभएको छ । बिहानैदेखि नेता तथा कार्यकर्ताका साथ भोट माग्दै घरदैलोमा पुग्नुभएका पौडेलले पोखरा क्षेत्रमा देखिएका हरेक समस्याको समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

 

आफूले राजनीति थाल्दादेखि नै यहाँका हरेक सुखदुःखमा साथ दिँदै आएको बताउँदै उहाँले प्रतिनिधिसभा सदस्यका रूपमा सेवा गर्ने अवसर दिन रुख चिह्नमा मतदान गरिदिन आग्रह गर्नुभयो । काङ्ग्रेसले ११ वटै वडामा चुनाव प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिहेको र आज दिनभर पोखरा महानगरपालिका वडा नं ९ र १७ मा उम्मेदवारसहित घरदैलो तथा कोणसभा गर्ने चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

प्रकाशित मिति : 14:55