१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य

३ मंसिर, काठमाडौं मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपाका शीर्ष नेता आन्तरिक गृहकार्यमा जुटेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल गरेका छन् ।

नेकपाको आइतबार सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई जिम्मेवारी दिएपछि ओलीले शीर्ष नेतासँग नै छलफल गरी मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य थालेको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : 07:08