मुलुकको सबै क्षेत्र बिग्रेको भन्दै माधव नेपालले भने ‘घुस लिन नेता, मन्त्री आफैँ संलग्न छन्’
२ मंसिर काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरू आफैं संलग्न रहेको बताएका छन । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालल नेता, मन्त्रीहरू आफैंले घुस खाएर कर्मचारीको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको बताए । आक्रोशित मुद्रामा देखिएका नेपालले मन्त्री र नेताहरूकै कारण मुलुक बिग्रिएको बताए ।

उनले स्थानीय तहहरूमा करोडौँ रूपैयाँ बजेट हिनामिना भएको भन्दै सरकारले केही गर्न नसकेको बताए । उनले कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाईरहँदा पनि सरकारले केही गर्न नसकेको बताए । नेता नेपाले मुलुकमा लुट मच्चाउनेहरूको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म सुशासन स्थापना हुन नसक्ने बताए ।
प्रकाशित मिति : 19:41









