१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

प्रदेश ३ का लोकसेवा आयोग अध्यक्षको शपथ आज

२ मंसिर, काठमाडौं । प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्षमा सिफारिस पूर्वसचिव सुरेशमान श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश राजधानी हेटौंडामा रहेको प्रदेश प्रमुख कार्यालयमा श्रेष्ठलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ ।

गत कात्तिक २७ गते प्रदेश लोकसेवा आयोग अध्यक्षमा सिफरिस श्रेष्ठले आजै शपथसँगै कार्यभार सम्हाल्नेछन् । शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका सबै मन्त्रालयका मन्त्रीहरू, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बनियाँ, मकवानपुरका विभिन्‍न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ ।

आयोगको अध्यक्षमा श्रेष्ठ सिफारिस भए पनि एक महिलासहित दुई सदस्यको सिफारिस बाँकी छ ।

प्रकाशित मिति : November 18, 2019 at 9:29 am