मन्त्रिपरिषद् पुनर्गठनः नयाँ ७ जना थपिने कि पुराना ७ जनामात्र रहने ? यस्तो छ तयारी
२ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन । उनले मन्त्रिपरिषद् पुनर्गठनको सम्बन्धमा नेकपाको सचिवालय बैठकबाट समेत सुझाव पाएका छन । प्रधानमन्त्रीले केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी अन्तिम तयारी गरेका छन । आइतबार बसेको नेकपाको सचिवालय बैठकमा सदस्यहरूले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाइ मन्त्रिपरिषद् पुनर्गठनको सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका थिए ।
प्रधानमन्त्री ओलीले सदस्यहरूको सुझावपछि केही दिनभित्रै नयाँ निर्णयमा पुग्ने बताएका थिए । प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौता अनुसार मन्त्रीहरूको काम गर्ने शैली र क्षमताको आधारमा निर्णय लिन चाहेका छन । यद्यपी सचिवालयका सदस्यहरूले भन्दा बढी मन्त्रीहरू परिवर्तन गरेर नयाँलाइ अवसर दिन अनुरोध गरेका छन । यसमा पुष्पकमल दाहाल प्रचण्ड, भलनाथ खनाल र माधवकुमार नेपालको एक मत जस्तै रहेको छ । गुटको सन्तुलन र कार्यसम्पादन दुबै हेर्न खोज्दा प्रधानमन्त्रीले कस्तो निर्णय लिन्छन भन्ने कुनै यकिन छैन ।

यद्यपी प्रधानमन्त्रीले टिमका केही नेता र मुख्य सल्लाहकारसँग भने नेकपामा तर्फबाट सरकारमा सहभागी ६ जना मन्त्रीबाहेक सबैलाइ बिदा दिने मनस्थिति बनाएका छन । प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार प्रधानमन्त्रीले कार्यसम्पानलाइ नै मुल आधार बनाएर मन्त्री हटाउने भए भने सात जना मन्त्री हट्नेछन । जसमा कार्यसम्पादन कमजोर रहेका र बढी विवादित मन्त्रीहरू रहनेछन ।
ओलीले अर्का अध्यक्षसँगको पटक पटकको सल्लाहमा भने ७ जनासम्म मन्त्री फेर्ने विषयमा कुरा गर्दै आएका छन । जुन विषय प्रचण्डको सचिवालय मार्फत मिडियामा छरपस्ट भएको छ । प्रधानमन्त्री ओलीले भोलिसम्ममा मन्त्री हेरफेरको निर्णय लिने अनुमान गरिएको छ । यद्यपी अहिलेसम्मको सूचनालाइ आधारमान्दा प्रधानमन्त्री ७ जना हटाउने वा पुराना ७ जना राखेर बाँकी सबै मन्त्री परिवर्तन गर्ने भन्ने निश्चित भएको छैन । आकांक्षीहरूको सूची र लबिङ हेर्दा ७ जना पुरानालाइ निरन्तरता दिएर प्रधानमन्त्रीले बाँकी मन्त्री फेर्न सक्ने सम्भावना उत्तिकै छ । हाल रहेका मन्त्रीहरूको सूची यस्तो छ ।

रघुवीर महासेठ, थममाया थापा, जगत विश्वकर्मा, विना मगर, मात्रिका यादव
प्रकाशित मिति : 11:47









