१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नेप्से ओरालो यात्रामा, कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा

१ मङसिर, काठमाडाैँ । साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५९ विन्दुले घटेर एक हजार १३१.३६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ विन्दुले घटेर २४९.१३ विन्दुमा कायम भएको छ । नेप्से आरोलो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ३५ करोड ५१ लाख ५९ हजार ७६८ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने घटेको छ । व्यापार २७.०९ र अन्य २.५१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ०.४७, होटल ५१.६९, विकास बैंक १.२१, जलविद्युत् १७.३६, वित्त ५.७८, निर्जीवन बीमा २६.६४, उत्पादन १०३.५३, लघुवित्त ३.७५, जीवन बीमा १३.१५ र सामूहिक लगानी कोष ०.०६ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु चार करोड चार लाख ३४ हजार ४३८ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै एनआइसी एशिया बैंक रु तीन करोड ९३ लाख ६२ हजार १५३, एनएमबी बैंक रु तीन करोड २३ लाख ५२ हजार ४३७, नेपाल बैंक लिमिटेड रु तीन करोड १४ लाख ९५ हजार ८३, हिमालयन डिस्टिलरी रु एक करोड २० लाख १९ हजार ८९६ र प्राइम बैंकको रु एक करोड १२ लाख ५० हजार ६९९ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.८७, पाँचथर पावर कम्पनी ९.८०, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.३१, गणपति माइक्रोफाइनान्स ६.२५ र आँखु खोला जलविद्यु्त् कम्पनीका लगानीकर्ताले ५.५६ प्रतिशतले कमाएका छन् । त्यस्तै शिवम् सिमेन्ट ९.९७, ओरियन्टल होटल ६.३६, गुडविल फाइनान्स ५.७५, खानीखोला जलविद्युत् कम्पनी ५.६०, युनिभर्सल पावर ५.१२, गुरास लघुवित्त वित्तीय संस्था ४.७६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : November 17, 2019 at 5:56 pm