अब निजामति कर्मचारीको उमेर हद ६० वर्ष
२८ कात्तिक, काठमाडौँ । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद ६० वर्ष पुर्याक्षएकाे छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो ।

बिहीबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका हुन् । २०२१ सालपछि जन्म भएका सबै कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नेमा सहमति भएको हो ।
प्रकाशित मिति : 14:19









