पोखरा यात्रामा बंगलादेशी राष्ट्रपति हमिद !
२८ कात्तिक, काठमाडौं । चारदिने औपचारिक नेपाल भ्रमणका लागि आएका बंगलादेशी राष्ट्रपति अब्दुल हमिद घुमघाम र भेटघाटमा व्यस्त छन् । घुमघामकै क्रममा आज उनको पोखरा यात्राको तयारी छ ।
राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा पुग्ने कार्यक्रम छ । पोखराको दृश्यावलोकन गर्न जान लागेका राष्ट्रपति हमिदको स्वागतको सबै तयारी पूरा भएको छ । पोखरा विमानस्थलमा हमिदलाई गण्डकी प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नेछन् ।
उनको स्वागतमा पोखरा महानगरपालिकाले झाँकी देखाउने तयारी गरेको छ । पोखरा विमानस्थलबाट फिस्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् । हमिदले केहीबेर फेवातालमा जलविहार गर्ने कार्यक्रमसमेत छ ।

प्रकाशित मिति : 10:15







