४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बाँदर धपाउँदै दिन जान्छ धनकुटा नगरपालिकाका जनप्रतिनिधिको

१५ वैशाख, धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधिको केही दिनदेखिको मुख्य काम बाँदर धपाउने भएको छ । बाँदरले अन्नबाली खाइदिएर सताउन थालेपछि जनप्रतिनिधिहरु आफैँ संलग्न भएर बाँदर धपाउन थालेका हुन । अहिले जनप्रतिनिधिहरु बाँदर समातेर स्थानान्तरण गर्न लागिपरेका छन् ।

बाँदरले अन्नबाली खाइदिएर सताउने गरेको स्थानीयको गुनासोपछि वडा कार्यालयले बजेट विनियोजन नै गरेरै बाँदर स्थानान्तरण गर्ने कार्यक्रम तय गरेको हो । चालू आर्थिक वर्षमामात्रै ५ लाख बजेट विनियोजन गरी बाँदर स्थानान्तरणका काम भैरहेको छ ।

बाँदर समात्न भारतबाट आएका तालिमप्राप्त व्यक्तिसहित जनप्रतिनिधि केही सातायता बाँदर खोज्दै जंगल चहारिरहेका छन् । वडाध्यक्ष नरेश श्रेष्ठ, सदस्य मिलन खड्गी, अन्य सदस्य र स्थानीय टोली कचिडे, खाल्डे, सल्लेरी वन, पाङसिङ, क्षेत्रका जंगलमा बाँदर खोजीरहेका छन ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार १४:२४